हत्या र बलात्कार घटनाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

हत्या र बलात्कार मुद्दामा २० वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। बेनी नगरपालिका–६ जरबुटा घर भएका ४३ वर्षिय ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले ६ असोज २०६२ मा   बेनी नगरपालिका ६ माझखेत बस्ने ६२ वर्षिया कर्णबहादुर घर्ती क्षेत्रीको हत्या र उनकी श्रीमती इन्द्रकुमार घर्ती क्षेत्रीलाई गम्भीर घाइते बनाएका थिए। सुनका गहना लुटपाटका लागि सो हत्या भएको थियो। त्यसबेलादेखि फरार रहेका ठहरबहादुरलाई घरमै लुकेर बसेको अवस्थामा १ कात्तिकमा पक्राउ गरी आइतबार अदालतबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमल्सिनाले बताए। 

साथै ,आरोपी व्यक्ति बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेको खुलेको छ। बलात्कार मुद्दामा थुनामा रहेको बेला उनी ७ चैत २०६० मा म्याग्दी कारागारबाट भागेका थिए। माओावादीले कारागारमा आक्रमण गरेको मौकामा उनी भागेका थिए। अदाललते उनलाई १६ जेठ २०६२ मा १० वर्ष कैद सजाय सुनाएकोमा त्यसमध्ये उनले ८ वर्ष नौ महिना पाँच दिन कैद भुक्तान गर्न बाँकी छ । 

सुझावित समाचार