स्वास्थ्यमन्त्री डा. शर्मा र खेलकुदमन्त्री गुप्ताले शपथ लिए

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई शपथग्रहण गराएका हुन् । स्वास्थ्यमन्त्री बनेकी डा. सुधा शर्मा गौतम पूर्वस्वास्थ्यसचिव हुन् । 

युवा तथा खेलकुदमन्त्री बनेका बब्लु ‘१०० ग्रुप’ का अध्यक्ष तथा सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् । प्रधानमन्त्री सुशीला कार्कीले चारजनाको नाम सिफारिस गरे पनि खगेन्द्र सुनार र गणपति श्रेष्ठको नाम स्थगित गरी दुईजनालाई मात्रै शथप गराइएको हो ।

सुझावित समाचार