आज मन्त्रिमण्डल विस्तार हुने, चार मन्त्री थप्ने तयारी

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिमण्डल विस्तार गर्ने भएकी छिन्। चार मन्त्री थप्ने तय भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। 

स्वास्थ्यमा डा. सुधा शर्मा गौतम, भूमि व्यवस्थामा गणपतिलाल श्रेष्ठ, श्रममा खगेन्द्र सुनार तथा युवा तथा खेलकुदमा बब्लु गुप्तालाई मन्त्री बनाउने तयारी छ। आजैै दिउँसो शपथको तयारी भइरहेको छ। 

डा. गौतम पूर्वस्वास्थ्यसचिव हुन्। गणपतिलाल सांस्कृतिक अभियन्ता तथा खगेन्द्र दलित अभियन्ता हुन्। त्यस्तै, गुप्ता १०० ग्रुपका संस्थापक हुन्। 
 

सुझावित समाचार