बलात्कार आरोपमा टोखामा भारतीय नागरिक पक्राउ

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन्। टोखा नगरपालिका–१, सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुलकुमार ठाकुरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 

ठाकुरले बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 
 

सुझावित समाचार