सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, ६ जना घाइते

बिहिबार, ७ कार्तिक, २०८२
डिजिटल संस्करण

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

माप्य दुधकोसी–६ स्थित भिरकुनामा साँझ ६ः ३० बजेको समयमा बागमती प्रदेश ०१ ०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले बताए। ‘गाडीमा सवार ११ मध्ये दुर्घटनामा तीनजनाको मृत्यु भएको छ,’ उनले भने, ‘घाइते भएका ६ मध्ये तीनजनाको मध्यम र  दुईजनाको अवस्था सामान्य छ, चालकको अवस्था गम्भीर छ, घाइतेहरूको स्वास्थ्य चौकी वाकुमा उपचार भइरहेको छ।’ अन्य दुईजना भने सकुशल छन्। मृतकहरूको सनाखत हुन सकेको छैन। 

घाइतेहरूमा चालक श्रीध्वज राईसहित, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई छन्। 

सुझावित समाचार