चिनियाँसहित दुईजना स्वयम्भूबाट अवैध सुन र नगदसहित पक्राउ

बिहिबार, ७ कार्तिक, २०८२
डिजिटल संस्करण

स्रोत नखुलेको सुन र नगदसहित काठमाडौंंको स्वयम्भूबाट दुईजना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूले ३८ वर्षीय चिनियाँ जियाओ वाङ र धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर २ घर हुने २२ वर्षकी रोजिना सुनारलाई बुधबार बेलुका पक्राउ गरेको हो। 

सुटकेस र सोफामुनि लुकाइराखेको अवस्थामा गैरकानुनी आर्थिक कारोबार र संचय गरी राखेको नेपाली नगद रकम र सुनका गहनाहरूसमेत फेला स्वयम्भू वृत्तका डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए। उनीहरूको साथबाट ६९ लाख ५० हजार नगद, सुनका गहना र एउटा बिवाइडी गाडीसमेत प्रहरीले बरामद गरी अनुसन्धान अघि बढाएको छ। 
 

सुझावित समाचार