तनहुँमा दाजुभाइले एकापसमा लगाए भाइटीका

बिहिबार, ७ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्छन्।

तर, तनहुँको व्यास नगरपालिका-१०, सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन् । आज उनीहरूले शुभसाइतमा एकापसमा टीका लगाएका हुन् । 

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरंगी टीका लगाएर उनले फूलको माला गलामा पहिराइदिए ।

भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए । विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आएका छन् । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए ।

सुझावित समाचार