हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्यामा तीव्र वृद्धि भएको छ ।
रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने, `तिहार सुरु भएसँगै काठमाडौंका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।´