दरमखोलाबाट विद्युत् उत्पादन सुरु

बुधबार, ६ कार्तिक, २०८२
डिजिटल संस्करण

दरमखोला हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित दरमखोला जलविद्युत् आयोजना (क्षमता ९.६ मेगावाट)बाट सफलतापूर्वक विद्युत् उत्पादन सुरु गरिएको छ । 

कम्पनीका अनुसार बागलुङ जिल्ला गल्कोट नगरपालिका, बडिगाड गाउँपालिका र गुल्मी जिल्ला मुसीकोट नगरपालिकामा पर्ने उक्त आयोजनाबाट ९.६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो ।

कम्पनीले आयोजनाको सफल सञ्चालनका लागि सहयोग प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेको छ । कम्पनीले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरी बाँडफाँट सम्पन्न गरेको थियो ।

See More On

सुझावित समाचार