तिहारलाई लक्षित गर्दै सिजी डिजिटल र एलजी सोपीले नयाँ अभियान ल्याएका छन् । ‘लुटो लुटो अफर, स्क्र्याच एन्ड विन इन्स्टान्ट डिस्काउन्ट’ नामक अभियान सुरु गरिएको हो ।
यस अभियानमा ग्राहकले एलजी, सिजी, सिजी मेरिडिया, टिसिएल, केको, ब्ल्याक डेकर, गोदरेजलगायत ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी यो छुट सेन्सेई, बर्ली, माइडिया, केन्ट, इलिका, क्रम्पटन, नथिङ र मोटोरोलाजस्ता ब्रान्डका सामान किन्दासमेत पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पुराना उपकरण साट्ने (एक्सचेन्ज) र शून्य प्रतिशत किस्ताबन्दीमा पनि उपलब्ध गराइनेछ । साथसाथै सिजी एक्स–एलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत सुविधा प्रदान गरिने र यसले खरिद प्रक्रिया थप सहज बनाउने कम्पनीको भनाइ छ ।
‘यस अफरमार्फत ग्राहकलाई केवल छुट होइन, हरेक स्क्र्याचमार्फत उत्साह र खुसी प्रदान गर्ने सोचका साथ यो अभियान ल्याएका हौँ,’ कम्पनीले भनेको छ । यो अफर कात्तिक ११ गतेसम्म मात्र लागू हुनेछ र यस अवधिभर ग्राहकले फ्रिज, स्मार्ट टिभी, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, चिम्नी, जुसर, कुलरलगायतका अत्याधुनिक उपकरणहरू एकै स्थानमा सहज रूपमा खरिद गर्न सक्नेछन् ।
तिहारलाई उज्यालो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानमार्फत कम्पनीले नेपाली परिवारमा आधुनिक जीवनशैली र प्रविधिको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।