प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ४ बजे छलफल कार्यक्रम तय भएको छ ।

कतिपय राजनीतिक दलहरूले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण नबनाएको, राजनीतिक दलसँग कुनै छलफल र संवाद नगरेको, निषेधको राजनीति गरेको भन्ने आरोप लगाउँदै आएका थिए ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा राजनीतिक दलहरूसँग छलफल र संवाद गरेका थिए । तर, प्रधानमन्त्री कार्कीले यसअघि निर्वाचनबारे राजनीतिक दलसँग कुनै संवाद गरेकी थिइनन् ।

सुझावित समाचार