नगदसहित जुवातास खेलिरहेका नौजना प्रहरीको नियन्त्रणमा

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका- १३ चुनिखेलस्थित नेवा चुली रिसोर्टबाट दुई लाख ३१ हजार नगदसहित नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका- ८ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ, बुढानीलकण्ठको चुनिखेल बस्ने ३३ वर्षीय विकास श्रेष्ठ, बुढानीलकण्ठ चुनिखेल बस्ने वर्ष ३१ का राकेश श्रेष्ठ, ३७ वर्षीय सुनील श्रेष्ठ, काठमाडौंको बसुन्धरा बस्ने ३८ वर्षीय सुरज राना, काठमाडौंको सोह्रखुट्टे नयाँबजार बस्ने २७ वर्षीय नामगेल भोलान, मैपी बस्ने ४२ वर्षीय रामशंकर पराजुली, चुनिखेल करुणा अस्पतालनजिकै बस्ने ३७ वर्षीय जितेन्द्र तामाङ र  जयकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

See More On

सुझावित समाचार