‘घुङ्ग्रु’ बन्यो यस वर्षको सर्वोत्कृष्ट कुकुर

सोमबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो । कार्यालय प्रमुख (एसपी) डा.रामचन्द्र सत्यालले घुङ्ग्रुलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरे ।

उनका अनुसार हवाईमार्ग हुँदै काठमाडौँ आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजालगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको हो ।

घुङ्ग्रुले सुँघेर ०८१ चैत र ०८२ साउनमा विमानस्थलमा दुईवटा लागुऔषधको घटना पत्ता लगाएको थियो । जर्मन सेफर्ड जातको पोथी प्रहरी कुकुर घुङ्ग्रुको संकेतको आधारमा आरोपी पक्राउ परेका थिए ।

०७४ चैतमा जन्मिएको घुङ्ग्रु लागुऔषध नियन्त्रण ब्युरोअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छ ।
 

सुझावित समाचार