- सशस्त्र समूहले सहायता अवरुद्ध गर्दा ०२६ को मध्यसम्ममा आधा जनसंख्याले गम्भीर खाद्य अभावको सामना गर्ने अनुमान गरिएको छ
क्यारेबियन राष्ट्रभरि सशस्त्र समूहले आफ्नो पकड बलियो बनाइरहेकाले र विनाशकारी अर्थतन्त्र निरन्तर ओरालो लागिरहेकाले हैटीको आधाभन्दा बढी जनसंख्याले भोकमरी सामना गरिरहेको छ । एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) ले जारी गरेको एक प्रतिवेदनले लगभग एक करोड १० लाख जनसंख्यामध्ये ५७ लाख हाइटियनले गम्भीर खाद्यान्न अभावको सामना गरिरहेका छन् । गिरोह हिंसाले परिवारलाई विस्थापित गर्ने, कृषि उत्पादन नष्ट गर्ने र सहायताको अत्यन्तै आवश्यक परेका समयमा सहायता पुग्नबाट रोेकेकाले संकट झनै बढ्ने खतरा छ ।
१९ लाख मानिस पहिले नै आपत्कालीन भोकमरीको स्तरमा छन्, जसमा गम्भीर खाद्यान्न अभाव र कुपोषणको खतरनाक दर रहेको प्रतिवेदनले जनाएको छ । थप ३८ लाखले संकटस्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । स्थिति अझ बिग्रने अनुमान गरिएको छ । ०२६ को मध्यसम्ममा लगभग ६० लाख मानिसले तीव्र भोकमरीको सामना गर्ने अनुमान गरिएको छ, किनकि हैटीले आफ्नो खराब कृषि मौसममा प्रवेश गरिरहेको छ ।
हाइटीको सरकारले शुक्रबार राहत प्रयास समन्वय गर्न खाद्य तथा पोषण सुरक्षा कार्यालय स्थापना गर्ने योजना घोषणा गरेको छ । संक्रमणकालीन राष्ट्रपति परिषद्का सदस्य लुइस जेराल्ड गिल्सले प्रभावितसम्म पुग्न द्रुत रूपमा स्रोत परिचालन गरिएको बताएका छन् ।
सशस्त्र समूहले अब राजधानी पोर्ट–औ–प्रिन्सको अनुमानित ९० प्रतिशत नियन्त्रण गर्छन् । हिंसाले १३ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । विस्थापित दर डिसेम्बरदेखि २४ प्रतिशतले वृद्धि भएको छ । धेरैले आधारभूत सेवाहरूको अभावमा भिडभाड भएका अस्थायी क्षेत्रमा आश्रय लिएका छन् ।
आफ्नो जग्गामा रहेका किसानले आफ्नो बालीका केही भागमा जान र आत्मसमर्पणका लागि हिंसात्मक गतिविधि गरिरहेका गिरोहसँग वार्ता गर्नुपर्छ । साना व्यवसाय बन्द भएका छन्, जसले गर्दा असंख्य परिवारको आयस्रोत समाप्त भएको छ । बाली सामान्य उत्पादनमा पुग्दा पनि उत्पादन पोर्ट–औ–प्रिन्समा पुग्न सक्दैन, किनभने गिरोहहरूले मुख्य सडक अवरुद्ध गरेका छन् ।
आर्थिक विनाशले संकटलाई झनै जटिल बनाएको छ । हैटीले लगातार ६ वर्षदेखि आर्थिक मन्दीको सामना गरिरहेको छ । खाद्यान्नको मूल्य गत वर्षको तुलनामा गत जुलाईमा ३३ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय समुदायले यस महिनाको सुरुमा संयुक्त राष्ट्र संघमातहतको पाँच हजार ५५० सदस्यीय नयाँ ‘गिरोह दमन फौज’लाई हैटीमा परिचालन गर्न अधिकार दिएको छ । फौजले आर्थिक अभावबाट गुज्रिरहेको सानो मिसनलाई प्रतिस्थापन गरेको छ ।
तर, सुरक्षा अवस्था अस्थिर छ । बिहीबार सरकारी अधिकारी पोर्ट–औ–प्रिन्स सहरको राष्ट्रिय दरबारमा पुग्न खोज्दा भारी गोलाबारी सामना गर्न बाध्य भए । गोलाबारीका कारण लामो समयदेखि गिरोहहरूको नियन्त्रणमा रहेको क्षेत्र हतारमा खाली गर्न बाध्य पारियो ।
केही सुधार भए पनि संकटको मूल कारणलाई सम्बोधन गर्न दीर्घकालीन लगानीविना प्रगति शून्य हुने कमजोर नै हुने एक्सन अगेन्स्ट हंगरकी हाइटी निर्देशक मार्टिन भिलेनुभले चेतावनी दिइन् ।
अलजजिराबाट