तिहारको माहोलमा गायक सुगम पोखरेलले नयाँ गीत ‘भाइटीका’ सार्वजनिक गरेका छन्।
सुगमको आफ्नै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका संगीता राना प्रधानले साथ दिएकी छिन्। तिहार पर्व नजिकिँदै गर्दा सुगमले दिदी–भाइबिचको आत्मीयता र सम्बन्धलाई संगीतमार्फत प्रस्तुत गरेका छन्। संगीत संयोजन मोहित मुनालले गरेका हुन्।
लोकेन्द्र सुब्बा तथा दिनेश थापाले खिचेको गीतको भिडियोलाई सुब्बाले नै सम्पादन गरेका हुन्। गीतको भिडियोमा शारदा लामिछाने र नमनशमशेर राणाको अभिनय छ भने बाल कलाकार प्रेसा शाही ठकुरी र आरम्भ के.सी. पनि फिचर्ड छन्। भिडियोलाई दिनेश थापा काजीले निर्देशन गरेका हुन्।
उक्त म्युजिक भिडियो सुगमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।