सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव सम्पन्न

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाएको छ।

सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष आफ्ना सबै शाखा कार्यालयहरूमा ‘विविधता र समावेशीकरण दिवस’ मनाएको हो, जसअन्तर्गत कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने वेशभूषा र परम्परासँगै कार्यस्थलमा एकता, सदभाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन्। यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ पारेको छ।

कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बिमा सचेतना र्याली तथा घरघरमा बिमा जानकारी अभियान, तीन स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, एक स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण र सात स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ।

सुझावित समाचार