सामसङको अफर : ग्यालेक्सी बड्स र वाचमा ५३% सम्म छुट

आइतबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

सामसङ नेपालले ग्राहकका लागि विशेष अफर ल्याएको छ । कम्पनीका अनुसार यो अफरमा ग्राहकले नयाँ ग्यालेक्सी स्मार्ट फोन किन्दा ग्यालेक्सी वाच–८ सिरिज र बड्स–३ मा छुट दिइनेछ । यो अफरमा ग्राहकले सामसङको नयाँ फ्ल्यागसिप ए–सिरिज वा एम–सिरिजका स्मार्ट फोन किन्दा ग्यालेक्सी वाच र बड्समा ५३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

यो विशेष मल्टिबाई अफरले प्रयोगकर्तालाई आफ्नो फोनलाई ग्यालेक्सी वाच–८ क्लासिक वा बड्स–३ जस्ता उपकरणसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । यी उपकरणहरू रक्तचाप (बिपी) र इसिजीजस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी र ग्यालेक्सी एआईद्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ । 

See More On

सुझावित समाचार