जसपाद्वारा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टीले कोशी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएको छ । सुनसरीमा बसेको प्रदेश कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश मुख्यसचिव विनोद नेम्वाङले जानकारी दिए । ‘पछिल्लो समय विकसित घटनाक्रमका कारण सरकारमा बसिरहनुकाे औचित्य नदेखेर समर्थन फिर्ता लिएका हौँ,’ उनले भने । 

अशोक राई नेतृत्वको जसपाबाट कोशी प्रदेश सभामा  निर्मला लिम्बू छिन् । ९३ सांसद रहेको कोशीमा ६९ सांसदको समर्थन थियो । जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।    
 

सुझावित समाचार