सामोआविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पावरप्लेमा ६१ रन

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण
सामोआविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पावरप्लेमा ६१ रन

तस्बिर : नेपाल क्रिकेट एसोसियसन

आइसिसी टी–२० विश्वकप क्रिकेटको छनोटमा नेपालले सामोआविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।

ओमानको अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पावरप्लेमा कुनै विकेट नगुमाई ६१ रन जोडेको छ। २३ बल सामना गरेका आशिफ शेखले ४४ रन बनाउँदा कुशल भुर्तेलले १३ बलमा १६ रन जोडेका छन्।

नेपाल लगातार खेल जित्दै विश्वकपमा छनोट भइसकेको छ। नेपाल सामोआलाई हराउँदै विश्वकप छनोटको एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन बन्ने योजनामा छ।
 

सुझावित समाचार