काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– ४ मा पर्ने काफ्लेथोक गाउँ अहिले तोरीका पहेँला फूलहरूले ढाकेको छ। काठमाडौंबाट करिब ५० किलोमिटर पूर्वमा रहेको काफ्लेथोक बारीभरि लहराएको पहेँलाे रंगले धर्तीमै सुन फुलेजस्तो देखिन्छ।
सुनजस्तै टल्किने र पहेँलै तोरीका फूलहरूले गर्दा गाउँको स्वरूप नै परिवर्तन भएको छ। बिपी राजमार्गनजिकै रहेको भकुन्डेबेंसी बजारबाट करिब १५ देखि २० मिनेटको हिँडाइमा पुगिने काफ्लेथोक पर्यटनको लागि निकै सम्भावना बोकेको रमणीय गन्तव्य हो।
यहाँको हरियाली, खुला आकाश र टाढाबाट देखिने हिमालका दृश्यहरूले जोकोही आगन्तुकको मनलाई सजिलै लोभ्याउँछ।
2025-10-17-04-46-12.jpeg)
2025-10-17-04-46-06.jpeg)
2025-10-17-04-46-00.jpeg)
2025-10-17-04-45-54.jpeg)
2025-10-17-04-45-48.jpeg)
2025-10-17-04-45-42.jpeg)
2025-10-17-04-45-33.jpeg)
तस्बिरहरु : प्रल्हाद गैरापिप्ली (नमोबुद्ध–४ काफ्लेथोक)