मुख्यमन्त्री सोनलसहित तीनजनाले लिए पद तथा गोपनीयताका शपथ

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

लोसपाका सांसद जितेन्द्र सोनलले मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री सोनललाई  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताका शपथ गराएकी हुन् ।

जसपा नेपालसहित विभिन्न ६ दलको समर्थनमा सोनललाई प्रदेश प्रमुख भण्डारीले बुधबार नै मुख्यमन्त्रीको रूपमा नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका थिए । 

मुख्यमन्त्रीको शपथग्रहणपश्चात् दुईजना विनाविभागीय मन्त्रीलाई समेत शपथ गराएका हुन्। शपथ लिनेमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एसका सांसद कनिश पटेल रहेका छन्। मन्त्रीद्वयलाई तत्काल कुनै जिम्मेवारी तोकिएको छैन। यादवले मैथिली र पटेलले भोजपुरी भाषामा शपथ लिएका हुन् । 

जसपा नेपाल, माओवादी केन्द्रले मन्त्रीको मन्त्रीका लागि नामावली नपठाएकाले तत्काल ती पार्टीबाट सरकारमा सहभागिता गराइएको छैन । शपथग्रहण समारोहमा सभामुख रामचन्द्र मण्डल र नेपाली कांग्रेसका प्रतिनिधि सहभागी थिएनन् ।

सुझावित समाचार