बर्दियामा करेन्ट लागेर चार वर्षमा ४३ जनाको मृत्यु

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

बर्दियामा करेन्ट लागेर चार वर्षमा ४३ जनाको मृत्यु भएको छ । वर्षेनी करेन्ट लागेर जनधनको क्षति भइरहदा समेत सम्बन्धित निकायले यसबारे आवश्यक सचेतनामूलक कार्यक्रम नगरेको सर्वसाधारणको गुनासो छ । 

बर्दियामा करेन्ट लागेर चालु आर्थिक वर्ष ०८२/०८३ को हालसम्म तीनजनाको,  आर्थिक वर्ष ०८१/०८२ मा १० जनाको, आर्थिक वर्ष ०८०/०८१ मा नौजनाको, आर्थिक वर्ष ०७९/०८० मा १२ जनाको र आर्थिक वर्ष ०७८/०७९ मा नौजनाको मृत्यु भएको जिल्ला विपद् समितिका सम्पर्क व्यक्ति विमल गुरुङले बताए ।

विद्युत संरचनामा प्राविधिकद्वारा निर्धारित विद्युत सुरक्षा व्यवस्था नअपनाइएको, प्राविधिकद्वारा निर्धारित विद्युत सुरक्षा व्यवस्थाअनुसार विद्युत संरचनाको आवश्यक मर्मत सम्भार नगरिएको र प्राधिकरणको कारणबाट कुनै प्रकारको प्राविधिक त्रुटि हुनगइ दुर्घटना हुन गएको ठहर भएमा पीडित पक्षलाई पुग्न गएको हानी नोक्सानीबापत क्षतिपुर्ति दिइने व्यवस्था विद्युत दुर्घटना क्षतिपुर्ति विनियमावलीमा २०६७ ले गरेको छ । 

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर एवम् सूचना अधिकारी गान्धी नारायण मण्डलले आफू कार्यालयमा आएपछि समुदायमा सचेतना मूलक कार्यक्रम भएको बताए । उनले भने, विद्युतमा काम गर्ने कर्मचारी अन्य प्राविधिकका लागि तालिम हुने गरेको छ ।’

सुझावित समाचार