नियमित महाधिवेशनको माग गर्दै कोइराला पक्षको ध्यानाकर्षण–पत्र

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइराला पक्षले नियमित महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण–पत्र बुझाएको छ ।

सभापतिलाई सम्बोधन गरेर नियमित महाधिवेशन माग गर्दै रञ्जित कर्ण, दीपक भट्टराई र सरोज थापालगायतका नेताले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।

स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र १५औँ महाधिवेशन हुन सक्ने आधार र कार्ययोजना ल्याउन उनीहरूले माग गरेका छन् ।

‘विधिवत् र नियमित महाधिवेशन मात्र कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) मा युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम हो । पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिक रूपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो,’ ध्यानाकर्षण–पत्रमा छ ।

अन्यथा मौजुदा कार्यसमिति भंग गर्न उनीहरूले माग गरेका छन् ।

सुझावित समाचार