नेप्से ४४ अंकले बढ्यो

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।

नेप्से परिसूचक ४४.२५ अंक बढेसँगै २५४७ मा कायम भएको छ । कारोबार खुल्दा केही उतारचढाव देखिएको बजारले साढे १२ बजेपछि वृद्धिको लय लियो ।

समग्र बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज चार अर्ब ९७ करोडको भयो । दुई सय कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने आठको स्थिर रह्यो ।

See More On

सुझावित समाचार