गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत- संगीत संयोजन तथा कुन्ती मोक्तानको स्वर रहेको भजन खुशी को म्युजिक भिडियो नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक भएको छ ।
भजन गीतमा मानिसहरू खुशी हुनको लागि आफुले आत्मचिन्तन गर्नुपर्ने भाव रहेको छ । त्यसको सजिलो बाटो भगवानप्रतिको चिन्तनले सम्भव हुने तर बिश्वमा कतिपय ब्यक्तिहरू भगवानप्रति बिश्वास पनि छन् तिनले पनि आत्मचिन्तनबाटै आन्तरिक खुशी हुन सकिने भावार्थ रहेको छ ।
भौतिक सुखका साथै आध्यात्मिक चिन्तनवीचको सन्तुलन हुनुपर्ने गीतको भाव रहेको छ ।
उक्त सन्देशमूलक भजनमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ । गीतको भिडियोको कोरियोग्राफी सन्तोष मगर र ईश्वर राईले गरेका हुन भने दृष्य सम्पादन सनम तामाङ्को रहेको छ ।
गीतकार खतिवडाका सम्झनाका पाइलाहरू, बहार जस्ता गीति पुस्तक, ढुकढुकी एल्बम प्रकाशन भएका छन् भने धेरै गीत र भिडियो पनि आईसकेका छन् । सार्वजनिक भएको खुशीको म्युजिक भिडियोमा गीतकार खतिवडा आफैले निर्देशन गरेका छन्।