मंगलबारदेखि सर्वोच्च अदालतमा रिट दर्ता खुल्ने

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटसमेतका घटनाबाट ठुलो क्षति भएपछि स्थगित रहेका सेवाहरू असोज २८ गतेबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।

असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा अब असोज २८ गते (मंगलबार) देखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।

सुझावित समाचार