कपनमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

बुढानीलकण्ठ नगरपालिका– ११, कपन पैयुटारमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

 बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक काठमाडौं कपन बस्ने सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका– १ घर भएका २५ वर्षीय पासाङ निङमा शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार