नेविसंघले दियो बालेन र सुधनविरुद्ध फौजदारी अभियोगको जाहेरी

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा घुसपैठ गराएर सिंहदरबारसहितका राष्ट्रिय सम्पत्ति र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका अध्यक्ष सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।

घुसपैठ गराएर आगजनी र तोडफोड मात्र होइन, विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा जान उकासेर गोलीकाण्ड घटाउनसमेत उनीहरू जिम्मेवार रहेको नेविसंघको आरोप छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको अगुवाइमा काठमाडौ र ललितपुर प्रहरी परिसरमा दिइएको जाहेरीमा बालेन र सुदनले भिड उतारेर राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको पनि आरोप लगाएको छ ।
यसअघि एमालेनिकट अनेरास्ववियुले पनि बालेन्द्र र सुदनविरुद्ध काठमाडौंसहित देशैभर उनीहरूविरुद्ध जाहेरी दिएको थियो । 
अनेरास्ववियु र राष्ट्रिय युवा संघले उनीहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै बाँके, दाङलगायतका जिल्लामा प्रदर्शन नै गरेका छन् । काठमाडौंमा शनिबार आयोजना गर्ने भनिएकाे बृहत् माेटरसाइकल र्यालीलाई भने प्रशासनले रोक लगाएको थियो ।

सुझावित समाचार