एन्फा गेटअघि समर्थकको धर्ना

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

नेपाली फुटबल समर्थकहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन् । आइतबार बिहान करिब एक दर्जन समर्थनले नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता, होम गेम विदेशमा गराउनुलगायत विषयमा विभिन्न प्लेकार्डसहित  प्रदर्शन गरेका हुन् ।

समर्थकहरूले प्रदर्शन गर्ने भएपछि बिहानैबाट सातदोबाटोमा रहेकाे एन्फा परिसरमा सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएकाे थियो । 

एन्फाको नेतृत्वमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएको तीन वर्ष पूरा भइसकेको छ । तर, चारवर्षे कार्यकालमा मात्र एकपटक सहिद स्मारक डिभिजन लिगको साइकल पूरा भयो । सहिद स्मारक ए डिभिजन लिग नै भएको तीन वर्ष पुग्न लागेको छ ।

यसैबिच एन्फाले सहिद स्मारक लिग आयोजना गर्न आज सहभागी १४ क्लबलाई पत्र काटेको थियो । तर, एन्फाले अन्तिम समयमा बैठक स्थगित गरेको छ ।

See More On

सुझावित समाचार