गोदरेज अप्लायन्सेस र सिजी इलेक्ट्रोनिक्सले थाले व्यावसायिक यात्रा

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोदरेज अप्लायन्सेस र चौधरी ग्रुप (सिजी इलेक्ट्रोनिक्स)ले नयाँ व्यावसायिक वर्षको सुरुवात गरेका छन् । ‘ब्रेक्रिङ बाउन्डरिज–२०८२’ विषयक बिजनेस पार्टनर्स मिट कार्यक्रममार्फत दुवैले व्यावसायिक यात्रा थालेका हुन् । नेपालभरिका डेढ सयभन्दा बढी च्यानल पार्टनरहरूको उपस्थितिमा बजार नेतृत्वलाई नयाँ परिभाषा दिने र उपभोक्ता अप्लायन्सेस उद्योगमा नयाँ आयाम थप्ने दृष्टिकोण प्रस्तुत गरिएको थियो । 

सम्मेलनको उद्घाटन चौधरी ग्रुप (सिजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरी र गोदरेज अप्लायन्सेसका एक्सपोर्टस् हेड तथा प्रोडक्ट ग्रुप हेड (हेल्थकेयर) जयशंकर नटराजनले गरे । कार्यक्रममा नटराजनले भने, ‘ब्रेकिङ बाउन्डरिज विषयवस्तु मात्र होइन, हाम्रो सिमाना चुनौती दिने र नयाँ अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि हो । हामी पार्टनरसँगै नेपाली बजारमा सम्भावनाको नयाँ क्षितिज तोड्नेछौँ ।’

त्यसैगरी, सिजी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले दुवै कम्पनीको साझा लक्ष्य परम्परागत सिमाना नाघ्नु रहेको बताए । नवप्रवर्तन, सहकार्य र महŒवाकांक्षी वृद्धिलाई जोड दिइएको उक्त कार्यक्रममा अत्याधुनिक उत्पादनहरू, भविष्यमुखी व्यावसायिक रणनीतिहरू प्रदर्शन गरिनुका साथै बजारमा नयाँ आयाम सिर्जना गरिरहेका पार्टनरलाई सम्मान गरिएको थियो । 

See More On

सुझावित समाचार