नेपाल प्रहरीका तीन डिआइजीको सरुवा, मधेशमा गोविन्द थपलिया

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका तीन डिआइजीको सरुवा भएको छ। गृह मन्त्रालयले रिक्त भएका प्रदेशमा डिआइजी खटाएको हो। 

जसअनुसार मधेश प्रदेशमा गोविन्द थपलिया तथा सुदूरपश्चिम प्रदेशमा ओम रानालाई खटाइएको छ । मधेश प्रदेशमा कार्यरत उमाप्रसाद चतुर्वेदी तथा सुदूरपश्चिम प्रदेशका डम्बर विक एआइजीमा बढुवा भएसँगै ती प्रदेशको नेतृत्व रिक्त भएको थियो । 

त्यस्तै, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत विनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ। 
 

सुझावित समाचार