नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा शुक्रबार बिहान नक्सालमा सम्पन्न साधारणसभामा सञ्चालक समितिका सदस्यहरू, सेयरधनीहरू तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति थियो।
साधारणसभाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने आठ करोड १० लाख रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ रुपैयाँ प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।