प्रहरीको खण्डन– आइजिपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेका छैनन्

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले ‘पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका समाचारहरूको खण्डन गरेको छ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आइजिपीको सचिवालयले भनेको छ, ‘...प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

आइजिपी खापुङले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रम वा सोबाट सिर्जित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई छलफल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सुझावित समाचार