घोषित मितिमै निर्वाचन अहिलेको आवश्यकता : प्रचण्ड

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण
घोषित मितिमै निर्वाचन अहिलेको आवश्यकता : प्रचण्ड

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन अबको आवश्यकता रहेको बताएका छन्। सम्पादकहरूसँगको छलफलमा प्रचण्डले संविधान केही ‘ट्रयाक आउट’ भए पनि निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ट पारे।

‘अहिलेको परिस्थितिमा संविधान केही ट्रयाक आउट त भएको छ, हाम्रो असहमति पनि छ। तर, ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा हामी अब निर्वाचनतिर नै लाग्नुपर्ने हुन्छ। घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचत होस् भन्ने कुरामा हामीले तत्कालै निर्णय गर्याैँ।’

सुझावित समाचार