धादिङको भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

धादिङको गल्छी गाउँपालिका– ७, भल्टारमा यात्रुवाहक बस र टिपर एक–आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौं आउँदै गरेको लु.प्र. ०१–००१ ख ०७६६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट धादिङतर्फ आइरहेको ना.८ख २५९१ नम्बरको टिपर एक–आपसमा ठोक्किँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूको गल्छीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम तथा सामान्य रहेको छ। दुर्घटनामा परी दुवै सवारीको अगाडिको भागहरूमा क्षति पुगेको उनले जानकारी दिए ।
 

सुझावित समाचार