ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकले ज्यान गुमाएका छन्।
ललितपुर महानगरपालिका– १७ ग्वार्कोस्थित सडकमा लु.५६ प १००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक लमजुङ भोटेओडार घर भएका ३४ वर्षीय नवराज अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।