क्षतिग्रस्त बिपी राजमार्ग पुग्दा जे देख्यौँ (फोटोफिचर)

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग अवरुद्ध छ । रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको खण्ड १ अन्तर्गत चौकीडाँडामा धमाधम काम भइरहेको छ । अहिले मानिसहरू जोखिम मोलेर भित्ताबाट पैदल यात्रा गर्दै काठमाडौंलगायत आफ्नो गन्तव्यतिर फर्कँदै छन् । धेरै ठाउँमा बाटो बनाउने काम हुँदै छ ।  केही ठाउँमा सवारीसाधन चलाउन लायक बाटो बन्दै छ। केही स्थानमा पैदलसमेत हिँड्न नसकिने गरी सडक बगाएको छ। पैदल हिँडेर गन्तव्य स्थल पुग्न चाहनेका लागि गोरेटो बाटो पनि  बाँकी रहेन । एक ठाउँबाट अर्को ठाउँमा पुग्न भिरपाखा, खोला, खोल्सी खोस्रेर जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता आइपरेको छ । हामी त्यहाँ पुग्दा जे देख्यौँ 

सुझावित समाचार