प्रशासनको अनुमतिविना ग्रुप बनाएर आन्दोलन गर्न खोजेको भन्दै १४ जना प्रहरी नियन्त्रणमा

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

माइतीघरबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रशासनको अनुमतिविना ग्रुप बनाएर आन्दोलन गर्न खोजेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डा. निकोलस भुसालसहितकालाई काठमाडौं परिसर प्रहरीले नियन्त्रणमा लिएको परिसरले जनाएको छ ।

जेन–जीको आधिकारिक टिमले आज हुने भनिएको प्रदर्शन बुधबार नै फिर्ता लिएको थियो । तर, केही अराजक टिमले होहल्ला गर्ने र स्थिति भाँड्न सक्ने भन्दै काठमाडौंका चोकचोकमा प्रहरी तैनाथ छन्। माइतीघर क्षेत्रको सुरक्षा थप कडा पारिएको छ ।
 

सुझावित समाचार