‘दसैँ–तिहारको ठुलो हर्ष, क्रम्पटनको आकर्षक उपहार’ अफर

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स वितरक सिजी इलेक्ट्रोनिक्सले चाडबाडलक्षित आकर्षक योजना ल्याएको छ । कम्पनीले ‘दसैँ–तिहार ठुलो हर्ष, क्रम्पटनको आकर्षक उपहार’ योजना ल्याएको हो । क्रम्पटनका उत्पादन खरिद गर्ने उपभोक्ताले आकर्षक उपहारका साथै भाग्यशाली पुरस्कार जित्न सक्नेछन् । 

योजनामा बम्पर लक्की ड्रअन्तर्गत ग्राहकले माइडियाको ४८२ लिटरको रेफ्रिजेरेटर जित्न सक्नेछन् । त्यस्तै, मासिक लक्की ड्रमा माइडिया १०० सिरिजको वासिङ मेसिन र साप्ताहिक रूपमा क्रम्पटनको मिक्सर ग्राइन्डर प्राप्त गर्न सकिनेछ ।

यसमा सजिलो किस्ताबन्दी, नि:शुल्क होम डेलिभरी, नि:शुल्क इन्स्टलेनस तथा प्रडक्टअनुसार ६० महिनासम्मको वारेन्टी पाइनेछ । योजनामा सहभागी हुन ग्राहकले सामान खरिद गरेपछि क्युआर स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ ।

क्रम्पटन भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड हो । यसले फ्यान, एयर कन्डिसनर, वाटर हिटर, मिक्सर ग्राइन्डरलगायत घरायसी सामान उत्पादन तथा बिक्री गर्दै आइरहेको छ । त्यस्तै, सिजी इलेक्ट्रोनिक्स नेपालमा कन्जुमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने कम्पनी हो । 

सुझावित समाचार