गुन्डुका स्थानीयलाई फूल टिपेर माला गाँस्ने चटारो (फोटोफिचर)

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

तिहारका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डु गाउँमा मखमली  फूल टिप्न किसानहरू व्यस्त छन् । दसैँ सकिएसँगै यहाँका फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारो छ ।

यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । बिहान फूल टिप्ने र दिउँसो माला उन्ने यहाँका स्थानीयको दिनचर्या बनेको छ । दसैँअघि टिपेका फूलहरू विदेश पठाउनका लागि प्रयोग हुने किसानहरू बताउँछन् ।

See More On

सुझावित समाचार