भारतमा हुने २८औँ एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीको सहभागिता रहने भएको छ।
प्रतियोगितामा सहभागी हुने ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपं) का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे।
अक्टोबर ११ देखि १५ सम्म उडिसामा हुने प्रतियोगितामा संयोग कपाली, रुबिन महर्जन, राजीव चिकंबञ्जार, नवीता श्रेष्ठ, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी, टोली प्रमुखमा कुवेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला छन्।