जाँचबुझ आयोगले मगायो फिल्डमा खटिएका तीनवटै सुरक्षा निकायको विवरण र टाइमलाइन

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

जाँचबुझ आयोगले २३ भदौमा भएको आन्दोलनमा खटिएका सुरक्षाकर्मीको विवरण मगाएको छ ।

मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई पत्राचार गरेर खटिएका सुरक्षाकर्मी र सञ्चारको टाइमलाइन मगाइएको आयोगका एक पदाधिकारीले बताए ।

आयोगले सुरुमा फिल्डका प्रहरीको बयान लिने, त्यसपछि फिल्ड अफिसर, कमान्डर हुँदै उच्च तहका प्रहरी र त्यसपछि गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने कार्ययोजना बनाएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजाललाई विदेश जान रोक लगाएको छ ।
 

सुझावित समाचार