दुई एआइजीको सरुवा

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

सरकारले नेपाल प्रहरीका दुई एआइजीको सरुवा गरेको छ । एआइजी राजन अधिकारीलाई मानवस्रोत विकास विभाग तथा सिद्धिविक्रम शाहलाई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । गत १२ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो।

अधिकारी अपराध अनुसन्धान विभाग र शाह कार्य विभागमा कार्यरत थिए। 

रिक्त रहेका चार एआइजी पदमा गत साता सरकारले सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बर विकको बढुवा सिफारिस गरिसकेको छ। 
 

सुझावित समाचार