ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर गएका हुन्। यद्यपि, प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। 

गत २३ भदौमा भएको आन्दोलनमा दमन गरेको घटनामा ज्यान मुद्दामा कारबाहीको माग गरी उनले जाहेरी दिएका हुन्। सो विषयमा हाल सरकारले उच्चस्तरीय जाँचबुझ आयोगमार्फत छानबिन गरिरहेको भन्दै प्रहरीले दर्ता नगरिएको एक प्रहरी अधिकारीले बताए। आजै जेन-जी अगुवाहरूले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै सामाजिक सञ्जालमा दबाब अभियान सुरु गरेका छन्। 

सुझावित समाचार