आंशिक क्षति भएका ७५ भवनको पुनर्निर्माणका लागि विद्युत् प्राधिकरणसहित तीन निकायलाई डिजाइनको जिम्मेवारी

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

सहरी विकास मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा क्षति भएका भवनहरूको पुनर्निर्माणका लागि ड्रइङ डिजाइन तयार गर्न तयारी थालेको छ। ७५ वटा भवन पुनर्निर्माणका लागि डिजाइनको जिम्मा दिन लागिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले कम क्षति भएका भवनहरूलाई दुई महिनाभित्र डिजाइन उपलब्ध गराउन जिटुजीमार्फत तीन सरकारी निकायलाई जिम्मेवारी दिने योजना बनाएको छ। आगामी शुक्रबार सम्बन्धित निकायसँग लागतसहित छलफल गरी टुंगो लाग्ने मन्त्रालयले जानकारी दिएको छ। 

संघीय सरकारअन्तर्गत हाल ३८० वटा भवन क्षति भएका छन्। तीमध्ये १०५ भवन पूर्ण रूपमा क्षतिग्रस्त, १८२ भवन आंशिक क्षति भएका र ९३ भवन सामान्य क्षति भएका छन्। 
मन्त्रालयले आंशिक क्षति भएका ७५ भवनको डिजाइन तयार गर्ने जिम्मेवारी नेपाल विद्युत् प्राधिकरण, पुलचोक इन्जिनियरिङ क्याम्पस र चेस्को कम्पनी (चिलिमे हाइड्रो)मा समान रूपमा बाँड्ने निर्णय गरेको छ। प्रत्येक निकायले २५–२५ भवनको ड्रइङ डिजाइन तयार गर्नेछ।
 

सुझावित समाचार