लगातारको वर्षापछि क्षति पुगेको मेची राजमार्गका विभिन्न खण्डमा मर्मत तथा पुनर्स्थापनाका काम तीव्र गतिमा भइरहेका छन्।
पछिल्लो विवरणअनुसार जोरकलशदेखि माईखोलासम्मको बाटो पूर्ण रूपमा खुलेको छ। तर, माईखोलामा सडक बगाएको (वासआउट) कारण यातायात आवागमन अवरुद्ध भएको छ । सो स्थानमा पुनर्निर्माण लागि करिब तीन–चार दिन लाग्ने अनुमान गरिएको छ।
माईखोला–बिब्ल्याँटे खण्ड भने खुलेको छ । बिब्ल्याँटे क्षेत्रमा दुईवटा मेसिन परिचालन गरिएको छ । त्यसपछि बिब्ल्याँटेदेखि रक्सेसम्म दुईतर्फी आवागमन अवरुद्ध भएको छ ।
उक्त खण्डमा साखेजुङ (मिलगोलाई) नजिकैको पुवा खोला क्षेत्रमा भएको सडक बगाएको छ । रक्सेदेखि सुकेटारसम्म भने सडक सञ्चालनमा रहेको जनाइएको छ ।