२४ भदौमा जेलबाट भागेका नक्कली भुटानी शरणार्थी मुद्दाका प्रतिवादी सन्देश शर्मा आइतबार ललितपुरमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय र अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। शर्मालाई पक्राउ गरी कारागार चलान गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दानबहादुर कार्कीले बताए।
यसअघि सो मुद्दामा फरार केशव दुलाल र सानु केसीलाई प्रहरीले ललितपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।