कावासोतीमा लडेर एकजनाको मृत्यु

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

नवलपुरको कवासोती– १७, चिसापानीमा लडेर एकजनाको मृत्यु भएको छ । 

गएराति कावासोती– १७, चिसापानी बस्ने वर्ष ५२ का दिलबहादुर खत्री आफ्नै घरको पछाडि (करेसामा)लडिरहेको अवस्थामा निजकी छोरी कोपिला खत्रीले देखेपछि उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकोमा राति नै अस्पतालले मृत घोषणा गरेको हो । उनको शरीरमा घाउचोट केही नभएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार