टोखामा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

शुक्रबार राति टोखामा भएको दुर्घटनामा मोटरसाइकलचालकले ज्यान गुमाएका छन्।

टोखा नगरपालिका– ३, शेर्पा पेट्रोल पम्पनजिक सडकमा बा.प्र–०२–०४९ प ०१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक टोखा नगरपालिका– २, चण्डेश्वरी बस्ने ३२ वर्षीय सुरेश डंगोलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार