प्रहरीले ९ वटा मुख्य राजमार्गको अवस्थाबारे पछिल्लो जानकारी दिएको छ। यसअनुसार विभिन्न राजमार्गमा अवरोधका कारण सवारीसाधन होल्ड गरिएको छ भने कतिपय राजमार्ग पूर्ण रूपमा बन्द गरिएका छन्।
प्रहरीका अनुसार शनिबार बिहान ०७:०० बजेको समयदेखि अविरल वर्षाको कारण काठमाडाैं जिल्ला चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुंगा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्म दुवैतर्फका सवारीसाधन होल्ड गरिएको छ।
